रुओन नेपालद्वारा शैक्षिक सामाग्री वितरण

सिन्धुली २२ पुस । सिन्धुलीको पुरानो झाँगाझोली परेवाडाँडामा रहेको विद्यालय निमावी परेवाडाँडाका विद्यार्थीलाई रुओन नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ । भूकम्पका कारण क्षतिग्रस्त भएको निमावी परेवाडाँडाका १६२ जना विद्यार्थीलाई रुओन नेपालकोतर्फबाट सर्ट, पाईन्ट, स्विटर टोपी, स्कुल ब्याग लगायतका सामाग्री वितरण गरिएको थियो ।

विद्यालय परिसरमा आयोजित वितरण समारोहमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए । कार्यक्रममा बोल्दै रुओन नेपालकी अध्यक्ष गोमादेवी वास्तोलाले भूकम्पका कारण समस्यामा परेका विद्यार्थीहरुलाई शैक्षिक सहयोग अन्तर्गत पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको वताउनु भयो । त्यसैगरी रुओन नेपालका महासचिव ध्रुबप्रसाद घिमिरेले जेहेन्दार तथा भूकम्पका कारण पढ्नलाई कठिनाई झेलीरहेका विद्यार्थीहरुलाई अन्य सहयोग गर्न रुओन नेपाल तयार रहेको प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलसी प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर बसेल तथा व्यवस्थापन समितिका सदस्य सरद प्याकुरेलले विद्यायलका समस्या तथा पुननिर्माणको विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो । निमावी परेवाडाँडामा नब्बे प्रतिसतभन्दा बढी दलित समुदायका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।